Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो-नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा कानागावा नेपाली समुदायद्वारा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम हालै योकोहामामा सम्पन्न भएको छ । यस क्षेत्रका नेपाली र जापानी नागरिक विचको सम्वन्ध प्रगाढ बनाउनुको साथै नेपालको चिनारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष हरि सापकोटाले बताए । अध्यक्ष हरि सापकोटाकै अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली तथा जापानी नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सोही अवसरमा कानागावा नेपाली कम्युनिटीले उपस्थित जापानीहरूकाबीच नेपाल र नेपाली संस्कृतिको बारेमा जानकारी दिनुका साथै कानागावा नेपाली कम्युनिटी गठन र यसको उद्देश्यको बारेमा पनि जानकारी दिईएको थियो ।

 

 

तपाईको प्रतिक्रिया