Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले हराएको छ ।

कञ्चनपुरले दिएको ८१ रनको लक्ष्य विराटनगरले मात्र ९ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । विराटनगरका कप्तान शरद भेषावकरले २८ रन बनाए । कञ्चनपुरका लागि पाँचै विकेट सागर पुनले लिएपनि विराटनगरको विजय रोक्न त्यो पर्याप्त भएन ।

टस हारेर व्याटिङको निम्तो पाएको कञ्चनपर १७ ओभरमा मात्र ८० रन बनाएर अलआउट भयो । कञ्चनपुरका लागि हसिम अन्सारीले २७ रन बनाए । विराटनगरका लागि सुशील कँडेल र सन्दिप लामिछानेले ४–४ विकेट लिए । योसँगै विराटनगरले ३ खेल जितेको छ ।

तपाईको प्रतिक्रिया