Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । यो जितसँगै रुपन्देहीले लगातार तीन खेल जितेको छ ।

१ सय ३६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट जाँदा १ सय २० रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि सुभेन्दु पाण्डेले १४ बलमा २० रन, सुमित महर्जनले ३७ बलमा २७ रन, रोहित कुमारले १७ बलमा २० रन बनाए । काठमाडौंका सातजना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

रुपन्देहीका शक्ति गौचनले तीन, विक्रम शोब र कृष्ण कार्कीले दुई दुई साथै पुष्प थापा र साहव आलमले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेट जाँदा १ सय ३५ रन बनाएको थियो । रुपन्देहीका शंकर रानाले ३६ बलमा १६ रन, नुरध्वज सेनले २२ बलमा ३७ रन, पुष्प थापाले ३३ बलमा ३६ रन, प्रकाश केसीले १० बलमा १२ रन  र बिक्रम शोबले ५ बलमा १० रन बनाए । काठमाडौंका लागि सोमपाल कामीले ४ साथै मञ्जित श्रेष्ठ, बसन्त रेग्मी र सन्तोष भट्टले एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया