Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले विराटनगर किंग्सलाई ८६ रनले हराएको छ । १ सय ७४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स ८७ रन बनाउँदा १९ औँ ओभरमा अल आउट भएको हो।

विराटनगरका अमित श्रेष्ठले १३ बलमा ३ रन, आशिफ शेखले १३ बलमा २ रन, राकेश कर्णले १० बलमा २ रन मात्र बनाए । यस्तै दिपेन्द्र सिंह ऐरी २४ बलमा ३१ रन बनाउँदा सन्तोष भट्टको बलमा बोल्ड आउट भए । कप्तान शरद भेषावकरले १६ बलमा १३ रन बनाए । काठमाडौंका सन्तोष भट्टले तीन, भुवन कार्की र बसन्त रेग्मीले दुई दुई साथै मञ्जित श्रेष्ठ र सोमपाल कामीले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट जाँदा १ सय ७३ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले २२ बलमा १३ रन, सुभेन्दु पाण्डेले २५ बलमा २७ रन, बसन्त रेग्मीले २४ बलमा ३० रन, सुमित महर्जनले २७ बलमा अविजित ४४ रन साथै सोमपाल कामीले २० बलमा ३९ रन बनाएका थिए । विराटनगरका लागि शरद भेषावकरले दुई साथै सुशील कँडेल र सन्दिप लामिछानेले एक एक विकेट लिए ।

बुधबार नै भएको पहिलो खेलमा रुपन्देहीले सिवाइसी अत्तरियालाई ४२ रनले हराएको थियो । एक सय ३० रनको लक्ष्य पछ्याएको अत्तरियाले दुई बल बाँकी हुँदा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाएको हो ।

तपाईको प्रतिक्रिया