Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
मुम्बई (भारत)– बलिउड नायक तथा निर्माता जोन अब्राहमसँग एक सन्तानविहीन महिला फ्यानले गर्भधारण गर्न शुक्रकिट मागेकी छिन् ।
‘जोन यो समस्यासँग कसरी फेस गर्ने समस्यामा छन्,’ उनका साथीले संवाददाताहरुलाई भनेका छन्, ‘यो अनौठो समस्या कसरी पार लगाउने भन्नेबारे उनले अन्य कलाकारसँग परामर्श लिइरहेका छन् ।’ रमाइलो कुरा उनको नयाँ फिल्म विकी डोनर पनि शुक्रकिट दान गर्ने विषयमा आधारित छ ।
फिल्मको प्रबर्नधनमा निस्किएका जोनले शुक्रकिट दान गर्ने विषयमा आफूले भरोसा गर्ने बताएपछि ती महिलाले यस्तो प्रस्ताव गरेकी हुन् । उनले भनेकी छिन्– ‘तर जोन बाहेक अरुको शुक्रकिट लिने छैन ।’ अब यो समस्यालाई उनले कसरी पार लगाउँछन् त्यो भने हेर्न बाँकी छ ।
तपाईको प्रतिक्रिया