Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत बुधबार भएको खेलमा रुपन्देहीले सिवाइसी अत्तरियालाई ४२ रनले हराएको हो ।

एक सय ३० रनको लक्ष्य पछ्याएको अत्तरियाले दुई बल बाँकी हुँदा सबै विकेट गुमाएर ८७ रन मात्रै बनायो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्ले ३० तथा विनोद लामाले १८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीका शाहब आलमले चार तथा बिक्रम सोबले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २९ रन बनायो । उसका लागि राजेश मगरले ३१, प्रकाश केसीले नटआउट २९ तथा पुष्प थापाले २१ रन बनाए ।

सिवाइसीका प्रदिप ऐरी र विनोद लामाले समान दुई दुई विकेट लिए । लगातार दुई खेल जितेको शक्ति गौचन कप्तान रहेको रुपन्देही चार अंकसहित शीर्ष स्थानमा छ । दुई अंकसहित सिवाइसी तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया