Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
कोलोम्बो – श्रीलंकाको पहाडी क्षेत्रका एक किसानले पालेको पोथी कुखुराले अण्डाविहीन चल्ला जन्माएको छ ।
बिबिसीका अनुसार श्रीलङ्काको पहाडी क्षेत्रमा बस्ने रञ्जित एकानायकेको घरमा पोथी कुखुराले बच्चा जन्माएपछि सबै छक्क परेका थिए।
२१ दिनसम्म पोथी कुखुराको पेटमा रहेको अण्डाबाट सोझै चल्ला जन्मिएको वेलिमादाका भेटेरिनरी प्रमुख पीआर यापाले बताएका छन् । यद्यपि आफूले यस्तो कहिल्यै नदेखेको उनको भनाइ छ ।
चल्ला जिउँदै भएको र पूर्ण स्वस्थ रहेको छ भने त्यसलाई जन्माउने कुखुरा भने मरेको छ। त्यस क्षेत्रका सरकारी पशु चिकित्सा अधिकारीले पनि यस किसिमको घटना कहिल्यै नसुनेको बताएका छन्। समाचारपत्रमा उनले त्यस कुखुराको मृत शरीर जाँच गरिरहेको तस्बिर पनि प्रकाशित भएको छ।
तपाईको प्रतिक्रिया