Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्सले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । मुम्बईको वाङखेडे स्टेडियममा भएको खेलमा कोलकाताले दिएको १ सय ७९ रनको लक्ष्य मुम्बईले खेल सकिए एक बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो ।

मुम्बईका लागि नितिश रानाले ५०, पार्थिव पटेलले ३०, हार्दिक पाण्डेले नटआउट २९ र जोस बट्टलरले २८ रनको योगदान दिएका थिए ।  यस्तै किरोन पोलार्डले १७ तथा क्रुनाल पन्डालले ११ रन जोडे । यसअघि पहिले व्याटिङ गरेको कोलकाताले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो। कोलकाताका लागि मनिष पाण्डेले सर्वा्धिक नटआउट ८१ रन जोडे ।

यस्तै– क्रिस लिनले ३२, कप्तान गौतम गाम्भिरले १९ तथा सूर्य कुमार यादवले १७ रन जोडेका थिए ।

तपाईको प्रतिक्रिया