Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधिका लागि आज झापा –११ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । राष्ट्रिय खेलाडीले भरिभराउ दुवै टिम उपाधी जित्ने दाउमा छन् ।

झापा डिफन्डिङ च्याम्पियन हो भने आर्मी पहिलो संस्करणको बिजेता हो । आज हुने फाइनल खेलको विजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस संस्करणको सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वा्धिक गोलकर्ताले नगद २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया