Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – तथ्यांक विभागले आजदेखि पहिलोपटक आर्थिक गणना सुरु गर्ने जनाएको छ। देशभर पहिलोपटक सबै जिल्लामा एकैसाथ तथ्यांक विभागले गणना सुरु गर्न लागेको विभागका उपमहानिर्देशक रुद्र सुवालले जानकारी दिनुभयो ।

आर्थिक कारोबार गर्ने व्यक्तिको संख्यालाई आधिकारिक बनाउन आर्थिक गणना गर्न लागिएको हो ।  यातायात, शिक्षा, स्वास्थ्य सेवा, उद्योग, व्यापार लगायतका क्रियाकलाप गर्ने प्रतिष्ठानको गणना हुनेछ ।

अहिलेलाई परीक्षणको रुपमा गर्न लागिएको र अर्को वर्ष मुख्य गणना हुने विभागका उपमहानिर्देशक सुवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया