Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगितामा उपत्यकाभित्रका १६ वटा कलेजले प्रतिस्पर्धा गर्नेछन् ।

कलेजस्तरमा रहेका प्रतिभावान् क्रिकेट खेलाडीले एउटा स्तरीय प्रतियोगिताको माध्यमबाट आफ्नो खेल कौशल देखाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच खेलाडी र उदयमान अन्य तीन खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिता खेलाउने जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीका साथै एक लाख पाउनेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । यही चैत २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अनुमानित खर्च १० लाख लाग्ने आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया