Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाल साम्बो फेडेरेसनको ‘प्रथम टोखा साम्बो प्रतियोगिता २०७३’ हुने भएको छ । यहि २०७३ चैत ३० गते मेरिगोल्ड पार्टी प्यालेस, ग्रीनल्याड, गोंगबुमा हुने प्रतियोगितामा स्पोर्टस् साम्बो विधा अन्तर्गत पुरुष रमहिलाको ८ समुहमा प्रतिस्पर्धा हुनेछ ।

एक दिने प्रतियोगितामा ६० जना साम्बो खेलाडीहरुले सहभागिता जनाउनेछन् भने सो प्रतियोगिताको अनुमानित खर्च करिब २ लाख ५० हजार हुनेछ । प्रतियोगितालाई प्रायोजन टोखा नगरपालिका र सिभिल बैंकले गर्नेछन् । उक्त प्रतियोगितामा विजयी खेलाडीलाई मेडल, प्रमाण पत्र तथा उत्कृष्ट पुरुष र महिला खेलाडीलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलाडीहरुको क्षमता अभिवृद्धि गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन, खेलाडीहरुको व्यावसायिक गर्न, राष्ट्र एकताको भावना जागृत गर्न र टोखा नगरका बालबालिकाहरुलाई असल संस्कार सिकाउन तथा शारीरिक वृद्धि विकास गर्नु प्रतियोगिताको मुख्य उदेश्य रहेको संस्थाका महासचिव उत्तम श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया