Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

इलाम – इलाममा जारी तेस्रो संस्करणको माइभ्याली गोल्डकप फुटवलमा आज त्रिभुवन आर्मी र भारत सिलिगुढीको कञ्चनजंघा फुटवल क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल इलामको ठूलो टुडिखेलमा नेपाली समयअनुसार दिउँसो तीन बजेपछि हुनेछ ।

अन्तिम समयमा आसामको ग्लोवल एफसीले प्रतियोगितामा सहभागिता नजनाउने बताएपछि कञ्चनगंघा फुटवल क्लबलाई समावेश गरिएको हो । आजको विजेताले क्वाटरफाईनलमा स्थान बनाउनेछ ।

यसअघि हिजोको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ । उसले भारत कोलकात्ताको दुर्गापुर स्टिललाई टाईब्रेकरमा पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया