Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – च्याम्पियन्स लिग फुटबल युरोपका क्लबबिचको सबै भन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यो सिजनका लागि क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागि सकेको छ ।

अब क्वाटरफाइनलमा खेल सुरु भएपछि उपाधिका लागि नजिक पुग्ने टिमको आंकलन थप बलियो बन्दै जानेछ । च्याम्पियन्स लिगको इतिहासमा विभिन्न क्लब तथा खेलाडीले धेरै कीर्तिमान बनाएका छन् ।

यसमध्ये क्रिष्टियानो रोनाल्डोले दुई क्लबबाट ५० भन्दा धेरै खेलमा सहभागी हुने कीर्तिमान बनाएका छन् । यस्तो कीर्तिमान बनाउने उनी एक मात्र खेलाडी हुन् ।

च्याम्पियन्स लिगमा बनेका केही कीर्तिमान

  • सर्वाधिक सहभागिताः इकर कासिलास–१६४
  • एउटै क्लबबाट सर्वाधिक सहभागिता गर्ने खेलाडीः बार्सिलोनाका जाभी हर्नान्डेज
  • एक सय भन्दा धेरै खेलमा सहभागी हुने खेलाडीको संख्याः २९
  • एउटै क्लबबाट एक सय भन्दा धेरै खेलमा सहभागी हुने खेलाडी (क्लबबाट): बार्सिलोना–५, म्यानचेस्टर युनाइटेड–३, बार्यन म्युनिख–२, चेल्सी–२, एसी मिलान–१
  • दुई क्लबबाट ५० भन्दा धेरै पटक सहभागी हुने खेलाडीः क्रिष्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड–५२, रियल मड्रिड–८३)
  • एक सय भन्दा बढी खेलमा सहभागी भएर पनि उपाधि नजित्ने खेलाडीः जाल्टन इब्राहिमोविच (११९) र जियानलुइजी बुफोन (१०३)
  • एक सय भन्दा धेरै खेलमा सहभागी हुने खेलाडी (देशअनुसार): स्पेन–७, इंग्ल्याण्ड–६, इटाली–३, फ्रान्स–२, जर्मनी–२, पोर्चुगल–२, अर्जेन्टिना–१, चेक गणतन्त्र–१, नेदरल्याण्डस–१, स्वीडेन–१, युक्रेन–१ र वेल्स–१
  • एक सय भन्दा बढी खेलमा सहभागी हुने खेलाडी (खेल पोजिसन अनुसार): गोलरक्षक–५, डिफेन्डर–८, मिडफिल्डर–१० र फरवार्डस–६
तपाईको प्रतिक्रिया