Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

पाकिस्तान – पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद इरफानमाथि एक वर्षको प्रतिबन्ध लागेको छ । म्याच फिक्सिङ अर्थात खेल मिलेमतोमा संलग्न भएको आरोपमा पाकिस्तान क्रिकेट बोर्डले इरमानमाथि एक वर्षको प्रतिबन्ध लगाएका हो ।

पाकिस्तान सुपर लिगको क्रममा च्याच फिक्सिङ गरेर भ्रष्टाचार गरेको आरोपमा इरफानमाथि प्रतिबन्ध लागेको हो । यो घटनामा उनीसँगै शरजिल खान र खालिद लातिफमाथि पनि प्रतिबन्ध लागेको छ ।

पिएसएलमा तीनै खेलाडी इस्थानबुल युनाइटेडबाट खेलेका थिए । इरफानले १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने भएको छ । थप आरोप नलागे र भ्रष्टाचार विरुद्धको कक्षामा सहभागी भएमा इरफानमाथिको प्रतिबन्ध ६ महिना कम हुन सक्नेछ ।

इरफानले पाकिस्तानबाट पछिल्लो पटक सन् २०१६ मा खेलेका थिए ।

तपाईको प्रतिक्रिया