Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – स्पेनिस फुटबल क्लव एथ्लेटिको मड्रिड र फ्रान्सको मोनाको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराति भएको खेलमा स्पेनको एथ्लेटिकोले जर्मनीको बायर लिभरकुजेनसँग गोलरहित बराबरी खेल्यो । दोस्रो लेगको यो खेल बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको ४–२ को जितका साथ एथ्लेटिको मड्रिड अन्तिम आठमा पुगेको हो ।

यसैगरी इङ्ल्यान्डको म्यानचेस्टर सिटीलाई अवे गोलका आधारमा हराउँदै फ्रान्सको मोनाको पनि क्वाटरफाईनलमा पुगेको छ । म्यान्चेस्टर सिटीको मैदानमा भएको पहिलो लेगको खेल ५–३ ले गुमाएको मोनाकोले गएराति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकाल्यो ।

समग्रमा ६–६ गोलको बराबरी भएको अवस्थामा म्यानचेस्टर सिटीको मैदानमा गरेको ३ अवे गोलको आधारमा मोनाको विजयी भयो । गएरातिका खेलपछि च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाईनल पुग्ने सबै ८ टोलीहरुको टुंगो लागेको छ ।

यसपटक स्पेनबाट तीन टोली रियाल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड, जर्मनीका दुई टोली बायर्न म्युनिख र बोरुसीया डर्टमण्ड तथा फ्रान्सको मोनाको, ईटालीको युभेन्टस र इङ्ल्यान्डको लेस्टर सिटी क्वाटरफाईनलमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया