Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत आज भइरहेको केन्यासँगको खेलमा नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ । २१ ओभरमा नेपालको १०० रन पूरा भएको छ । ज्ञानेन्द्र मल्लले ६८ बलमा ४४ रन साथै दिपेन्द्र सिंह ऐरीले ४५ बलमा ४४ रन बनाएका छन् ।  सुनिल धमला एक र सागर पुन ५ बनाउँदा आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा सबै विकेट जाँदा एक सय ५५ रन बनाएको हो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए ।

यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।  शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपाल सोमबार फेरि केन्यासँग खेलिरहेको हो । केन्यासँग भएको शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।

शिर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा छनौट हुने मौका पाउनेछ । अब नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया