Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज नेपालले केन्यासँग दोस्रो खेल खेल्दैछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा पराजित नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

केन्यासँग आज हुने दोस्रो खेल पनि गुमाए नेपाललाई च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्न कठिन हुनेछ । एक दिवसीय ढाँचामा नेपालले आजसम्म केन्यालाई हराउन सकेको छैन । आजको खेल जितेको खण्डमा नेपालले केन्या विरुद्ध एउटा कोशेढुंगा पार गर्नेछ ।

पहिलो खेलमा नेपाललाई हराएको केन्या प्रतियोगितामा पाँच खेल बाँकी रहदा १० अंकसहित पाँचौं स्थानमा छ । ८ राष्ट्र सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल ६ अंकसहित छैठौं स्थानमा छ ।

नेदरल्यान्ड्स १६, पपुवा न्युगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११÷११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् । च्याम्पियनसिपमा केन्यापछि नेपालले हङकङसँग उसकै मैदानमा तथा युएईसँग तटस्थ मैदानमा दुई दुईवटा खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया