Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
काठमाडौं-  कुनै बेला भारतलाई विदेशी प्रभुको संज्ञा दिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतको सहयोग बिना शान्ति र संविधानको काम कठिन हुने बताएका छन्। ‘भारतको सहयोग नभएको भए संविधान सभा चुनाव सम्भव हुने थिएन’, भारतीय दैनिक पत्रिका द हिन्दूलाई अन्तरवार्ता दिँदै दाहालले भनेका छन्- ‘अहिले पनि भारतको सहयोग बिना शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पुर्‍याउन कठिन छ।’
प्रशान्त झाले दाहालसँग शुक्रबार लिएको अन्तरवार्ता हिन्दूको आजको अंकमा प्रकाशित भएको हो। ‘निश्चय नै भारतको प्रत्यक्ष सहयोग बिना दिल्लीमा हस्ताक्षर भएको  हो नत्र १२ बुँदे सहमति सम्भव थिएन’, अन्तरवार्तामा दाहालले भनेका छन्- ‘म अहिले भारतसँगको सम्बन्धमा कुनै समस्या देखिरहेको छैन।’
यस अघि प्रधानसेनापति विवादका कारण राजीनामा दिएपछि दाहालले सार्वजनिक कार्यक्रमबाटै भारतलाई विदेशी प्रभुको संज्ञा दिंदै शक्ति बाँडफाँडका लागि सोझै भारतसँग वार्ता गर्ने बताएका थिए। त्यही ताका अध्यक्ष दाहालले हिन्दुलाई अन्तरवार्ता दिंदा भने उनले प्रधानसेनापति विवाद प्रकरणमा भारतले सहयोग नगरेको गुनासो व्यक्त गरेका थिए।
तपाईको प्रतिक्रिया