Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं –  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपालको तेस्रो विकेट गएको छ । नेपालले १३ ओभरमा ४५ रन बनाएको छ । सागर पुनले २२ बलमा दुई चौकाको मद्दतमा १० रन बनाएका छन् ।अहिले ब्याटिङका लागि दिपेन्द्र ऐरी र शरद भेषावकर छन् ।

केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल समय पानीले गर्दा प्रभावित भएकाले खेल ३८ ओभरमा झारिएको छ । नेपालका नियमित कप्तान पारस खड्का अस्वस्थ रहेकाले ज्ञानेन्द्र मल्लले कप्तानी गरिरहेका छन् ।  शनिबारको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने भएका हुन् । खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धामा छन् । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका पाउनेछन् ।

तपाईको प्रतिक्रिया