Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीच त्रिभुवन विश्‍वविद्यालयस्थित टीयू मैदानमा हुने खेलका लागि प्रहरीले कडा सुरक्षाा व्यवस्था मिलाउने भएको छ। चैत ११ र १३ गते हुने दुई खेलका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रहरी टोलीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा व्यवस्था मिलाउने प्रहरी वरिष्ठ उपरीक्षक छवीलाल जोशीले जानकारी दिनुभयो ।

उहाका अनुसार किर्तिपुर खेलमैदानमा हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा त्यही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन लागिएको हो । बम डिस्पोजल टोली, डग स्‍निफिङ र अफिसियलहरुको एस्कर्टका साथै बस्‍ने ठाँउ होटल सोल्टीमा सुरक्षा व्यवस्था कडा बनाइनेछ।

त्यसैगरी एम्बुलेन्स, वाटर क्यानन, राईट कन्ट्रोल भेइकल, दमकल समेतको व्यवस्था हुने पनि उनले जानकारी दिनुभयो । खेल मैदानको लागि मात्र आठ सय जना प्रहरी परिचालन हुने पनि उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया