Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई हराएको छ । वेष्ट ह्यामको मैदानमा भएको लण्डन डर्बीमा चेल्सी २–१ ले विजयी भएको हो ।

खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा र एडिन हाजार्डले एक–एक गोल गरे । वेष्ट ह्यामका म्यानुअल लान्जीनीले एक गोल फर्काए । यो जितसँगै चेल्सीले अंक तालिकामा दोस्रो स्थानको टोटनह्यामसँगको दूरी १० अंक पुर्‍याएको छ ।

२७ खेलबाट चेल्सीको ६६ अंक छ भने समान खेलबाट ५६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ । ५५ अंकसहित तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले बुधबार राती स्टोक सिटीसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया