Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ५–० ले हरायो ।

लियोनल मेस्सीको प्रभावशाली खेलप्रेरित बार्सिलोनालाई विजयी गराउन मेस्सीले दुई गोल गरे भने नेईमार, उम्तिती र ईभाँ राकितीचले एक –एक गोल गरे ।

ला लिगअन्तर्गत राती भएको अर्को खेलमा रियाल मड्रिडले आइबारलाई ४–१ ले हरायो । खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गरे । रियालका लागि जेम्स रोड्रिग्वेज र मार्को असेन्सीयोले एकरएक गोल गरे ।

ला लिगाअन्तर्गतका अन्य खेलमा भियारियालले ईस्पानियोललाई २–१ ले हराउँदा लेगानेजले ग्रानाडालाई १–० ले पराजित गर्‍यो । रातीका खेलपछि स्पेनिस लिगको अंक तालिकामा २६ खेलबाट ६० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियाल मड्रिड ५९ अंकको साथ दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया