Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – रुपन्देहीमा सञ्चालित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताका लागि जापानबाट रकम संकलन गरि पठाइएको छ ।
गत फागुन १२ देखि रुपन्देही जिल्लाको बुटवलमा सञ्चालन भएको १९ औं तिलोत्तमा फुटबल प्रतियोगिता सञ्चालनार्थ सहयोग पुगोस् भन्ने हेतुले जापानी येन १ लाख ५२ हजार रकम पठाइएको बताइएको हो । तिलोत्तमा स्थायी घर भइ हाल जापान बस्दै आउनु भएका चेतन बस्नेतको पहलमा रुपन्देही समाज, जापानका पदाधिकारीहरुले समेत संकलन गरेको सो रकम हस्तान्तरण गरिएको हो । रकम प्रतियोगिता आयोजक समितिका संयोजक दीर्घबहादुर केसीको नाममा पठाइएको छ ।


हरेक वर्ष आयोजना गर्ने गरि विसं २०३३ सालबाट सुरु भएको तिलोत्तमा फुटबल प्रतियोगिता राजनीतिक अस्थिरता र आर्थिक अभावका कारण पटकपटक रोकिदै आएको थियो । आगामी वर्षदेखि आर्थिक अभावकै कारण खेल नरोकियोस् भन्ने हेतुले सो रकम पठाइएको सहयोगीदाता चेतन बस्नेतले बताउनु भयो ।
भारतका २ र नेपालका ३ विभागीय क्लबसहित १० क्लबले सहभागिता जनाएको सो प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैंयाँ पुरस्कार पाउने छन् । विधागत उत्कृष्ट खेलाडिले भने जनही १५ हजार रुपैंयाँ पाउनेछन् ।

तपाईको प्रतिक्रिया