Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो-  विश्वासदीप तिगेलाद्वारा लिखित ‘निष्पक्ष संविधान, समृद्ध नेपाल’ शीर्षक कृति बिहीबार साँझ अनलाइन भिडियोमार्फत विमोचन भएको छ ।

पुस्तकमा विश्वमा संविधान लेखन, अनुभव र नेपाली सन्दर्भमा त्यसको उपयोगबारे उल्लेख गरिएको छ । प्रा. डा.  गोविन्दराज भट्टराईले कृति विमोचन गर्दै युद्धसाहित्यलाई बाहिर ल्याउन ठूलो योगदान दिएका तिगेलाले राजनीतिक चिन्तन गरेर सो कृति ल्याएको बताउनुभयो ।

तिगेलाको यसअघि गृहयुद्धका पीडा, देश बोक्नुको पीडा र बोर्नियो परिचय कृति प्रकाशन भइसकेको छ । विश्व नेपाली साहित्य महासंघका महासचिव तिगेला हाल बेलायती गोर्खा सैनिकका रूपमा सेरिया ब्रुनाइमा कार्यरत हुनुहुन्छ ।

 

 

तपाईको प्रतिक्रिया