Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
कतार- कतै पसलमा राखिएको यो पर्स तपाईलाई मन परेर किन्न चाहनु भयो भने कति रुपियाासम्म तिर्न तयार हुनु हुन्छ ? एक हजार ? दुई हजार ? दश हजार ? साच्चै नै तपाईलाई यो पर्स मन पर्‍यो भने करिव २८ करोड रुपियां भुक्तान गर्नु पर्ने छ । हो, विश्वकै सबैभन्दा महागो पर्स भएको गिनिज वर्ल्ड रिकर्डस्ले जनाएको छ ।
कतारको दोहामा सम्पन्न दोहा ज्वेलरी एण्ड वाचेस एक्जिविसनमा राखिएको ‘द मोउवाद १००१ नाइट्स) डायमण्ड पर्स’ नाम दिइएको उक्त पर्स १८ क्यारेट सुनबाट बनेको छ त्यसमा चार हजार ५१७ वटा हीरा जडिएका छन् । उक्त पर्सको मोल ३८ लाख अमेरिकी डलर अर्थात् नेपाली करिव २७ करोड ५५ लाख रुपियां निर्धारण गरिएको छ ।
तपाईको प्रतिक्रिया