Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– मादक पदार्थ सेवन (मापसे)विरुद्धको ट्राफिक अभियानले वाहवाही त पायो नै । तर बेरोजगारीले थलिएको युवालाई भने मापसले काल भएको छ ।
मापसेमा ट्राफिक कडा भएपछि अधिकांश होटलमा मदिरा सेवन गर्ने घटेका छन् । होटल व्यवसायीका कारण रात्रिकालीन व्यापारमा ७५ प्रतिशत कम आएको छ भने धेरै होटलहरुले रात्रिकालीन कर्मचारी कटौटी गरेका छन् ।
मिडिया भिजन नेपालद्वारा राजधानीमा आयोजित मिट द प्रेस कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख नायव प्रहरी महानिरीक्षकले यस कारवाहीले समाजका विकृति र विसंगति न्यून गरेको दावी गर्नुभयो ।
मापसे कारवाहीको उद्देश्य राजश्व संकलन मात्र नभई समाजलाई सुधार्ने रहेको बताउँदै ज्यान गुमाउने, अंगभंगका साथै सवारी दुर्घटना समेत उल्लेखनीय कमी आएको जानकारी दिनु भयो । नेपाल प्रहरी ऐन अनुसारनै मापसे कारवाही भइरहेको बताउँदै मापसे कारवाहीको जरिवाना दश हजारसम्म हुनुपर्ने हाल यस अन्तर्गत एक हजार ५० रुपियां जरिवाना गर्ने गरिएको छ ।
यस्तै, होटेल रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्षले मापसे कारवाहीले समाज सुधारको क्षेत्रमा सकारात्मक भए पनि यसले हजारौं नेपालीलाई बेरोजगार भएको बताउनुभयो । रात्रिकालीन व्यवसायी संघका अध्यक्षले यस मापसे कारवाहीका कारण रात्रि व्यवसाय धराशायी बन्दै गएको बताउनु भयो । उहाँले यस कारवाहीले हजारौं व्यक्तिको  रोजगारी गुम्ने र जीवन धान्न नसकी बाध्य भएर आपराधिक कार्यमा लाग्ने छन् ।
तपाईको प्रतिक्रिया