Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
बैतडी-  दार्चुलाको सतबाजबाट जन्ती लिएर टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
शुक्रबार दिउँसो एक बजेतिर सतवाज-गोकुलेश्वर खण्डको भौनेली-३ धर्मघर नजिकै से१ज २४० नम्बरको जिप सडकबाट दुई सय मिटर तल खसेको हो ।
दुर्घटनामा सित्तड-२ का बहादुर सार्की, भौनेली-५ का रामबहादुर चन्द, कैलपाल-७ का अर्जुन चन्द र दैजी-५ कञ्चनपुरका वकिल चन्द गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया