Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– आजदेखि नेपाली नयाँ वर्ष २०६९ सुरु भएको छ । नयाँ वर्षको अवसरमा समुद्रपारि परिवारको तर्फबाट हाम्रा पाठक तथा शुभचिन्तकहरुमा शुभकामना छ ।
नयाँ वर्षसँगै शान्ति प्रक्रियाको एउटा जटिल काम सेना समायोजन करिव करिव सकिएको छ । केही प्राविधिक विषयबाहेक टुंगो लाग्न बाँकी छ । यद्यपि लडाकुहरु नेपाली सेनाको मातहत पुगिसकेका छन् । अब एउटा मुलुकमा दुई सेनाको अवस्था छैन ।
शान्ति प्रक्रियाको सैद्धान्तिक समाप्तीपछि संविधानका आधारभूत विषयमा सहमति गर्नुपर्ने दलका शीर्ष नेताहरुको दायित्व छ । नयाँ वर्षमा नेपाली जनता यहि आशा गर्छन्, साझा सहमतिको दस्तावेज संविधानका रुपमा आओस् ।
नयाँ संविधानका विवादित विषयहरु खासगरी राज्यपुर्नंरचना, शासकीय स्वरुप र न्यायप्रणालीमा दलहरुले सहमति गरुन् । सर्वोच्च अदालतले लगाम लगाएकै समयमा नयाँ संविधान आओस् । आर्थिक समृद्धिका लागि नयाँ संविधान नै प्रस्थान विन्दु हुनेछ ।
तपाईको प्रतिक्रिया