Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – हाल हस्तलिखित राहदानी भएका जापानबासी नेपालीहरुलाई मेसिनले पढ्ने राहदानी [Machine Readable Passport (MRP)] लिनको लागि आवेदन दिन टोकियोस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

राजदूतावासले सूचना जारी गर्दै एमआरपीका लागि फारम संकलन गरी राहदानी विभाग, काठमाडौं पठाउनुपर्ने र त्यहाँबाट राहदानी बनेर आउन समय लाग्ने हुनाले आफ्नो हाल भएको हस्तलिखित राहदानीको म्याद सकिनु अगावै एमआरपीको लागि आवेदन दिन अनुरोध गरेको छ ।

एमआरपीको लागि आवश्यक फारम, फारममा भर्नुपर्ने विवरण, फोटोको साइज तथा गुणस्तर आदि लगायतका प्राविधिक विषयहरु सम्बन्धी विस्तृत जानकारी राहदानी विभागको वेबसाइट http://www.cpo.gov.np/ वा नेपाली राजदूतावास, टोकियोबाट लिन सकिने बताइएको छ ।

राजदूताबासबाट जारी गरिएको सूचनाः

तपाईको प्रतिक्रिया