टोकियो-करीव १३ महिना अगाडि कुकका रूपमा जापान अाएका एक नेपाली युवाले झुण्डिएर अात्महत्या गरेका छन् । ३३ वर्षीय संजय खत्रीले अाइतवार अाफ्नै कोठामा झुण्डिएर अात्महत्या गरेका हुन् ।
अमरपुरी ८, नवलपरासी घर भई खानागाव प्रान्तको योकोहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकै बस्दै अाएका थिए । के कति कारणले अात्महत्या गरेका हुन त्यो भने खुल्न सकेको छैन ।
मृतक खत्री केही समयदेखि मानसिक तनावमा रहेको पारिवारिक स्रोतले बताएको छ । नेपालमा श्रीमती र ३ वर्षीय छोरा रहेको खत्री नेपाल फर्कने योजनामा रहेका थिए ।***
![](http://japansandesh.com/wp-content/uploads/2017/01/khatri.jpg)