Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

पोखरा – त्रिभुवन आर्मीलाई पन्छ्याउँदै आयोजक सहारा क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा सहाराले आर्मीलाई टाइब्रेकरमा पराजित गरेको हो ।

आर्मीको पोखरामा उपाधि उचालेर आहा गोल्डकपमा आफनो नाम लेखाउने सपना पुन अधुरै रह्यो । आर्मी दुई पटक फाईनलमा उपविजेतामा चित्त बुझाएर फर्किएको थियो । आर्मीले निर्धारित ९० मिनेट पूर्ण रुपमा फिजिकल्ली खेल्न पुग्यो । तर थपिएको ३० मिनेट पनि गोलरहित बराबरीमा टुंगिदाँ भरपर्दा रक्षक अफ्रिकन खेलाडी बबी ओडन्गोले रातो कार्ड खाए पछि आयोजक सहारा भने दश खेलाडीमा सीमित रहन पुगेको थियो । कप्तान भरत खवासलाई लडाएपछि रेफ्री सुदेश पाण्डेले रातो कार्ड देखाई मैदान बाहिर पठाँउदाको पीडा सहाराले आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै सन्तोष लियो । 

विकेश कुथुको पेनाल्टी सहाराका गोलकिपरको हातमै परेपछि आर्मी निराश हुदैं १५ औं आहा राराको क्र्वाटरफाईनलबाटै बाहिरियो । सहारा अघिल्लो खेलमा समेत टाइब्रकेरकै भरमा क्र्वाटरफाईनलसम्मको भाग्य लेखाईसकेको थियो । बुधबार पनि टाइब्रकेरमै आफनो भाग्य चम्काउँदा आर्मीले उपाधि उचाल्ने सपनालाई अर्को वर्ष कुर्नुपर्ने देखियो । पेनाल्टी जोगाएका सहाराका गोलकिपर सुजित गुरुङ आज म्यान अफ दि म्याचको पुरस्कारको हकदार बने । अघिल्ला दुई पेनल्टी प्रहारमा दुवै टोलीले गुमाएनन् । तेस्रो प्रहार हानेका आर्मीका दिपक गुरुङको प्रहार आकासिएपछि असुभ संकेत देखा पर्‍यो ।

सहाराको चौथो प्रहार गरेका सौरभ बुढाथोकीको बललाई कुथुले रोकेपछि आर्मीको आत्मविश्वास जगाई राखे । तर आफैंले हानेको बल सहाराका गोलकिपर सुजित गुरुङको हातमा दिएपछि सहाराले फाईनलको ढोका खोल्यो । सहाराका लागि कप्तान उत्तम गुरुङ, प्रदिप गुरुङ, शिव सुवेदी र सुशान गुरुङको पेनाल्टी गोलमा परिणत हुन पुग्यो । आर्मीका लागि जितेन्द्र कार्की, दिपकुमार लामा र सन्तोष तामाङको पेनाल्टी सदुपयोग भयो ।

प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाईनलमा मनाङ मस्र्याङदी र सिएमजी संकटा भिड्नेछन् । फाइनलमा यी २ वीचको विजयी टोलीको बिजेतासँग सहारा भिड्नेछ ।

तपाईको प्रतिक्रिया