Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

मोरङ – मोरङको कर्सिया गाविसको कर्सिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ ।

जीवन विकास लघु वित्त संस्थामा काम गर्ने विराटनगर रंगेली–११ का बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । लघुवित्तको पैसा संकलन गर्न जाने क्रममा उहाँमाथि आक्रमण भएको हो ।

तिघ्रामा गोली लागेका उहाँको विराटनगर अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया