Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनमा विवाद देखा परेको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालका निकट दुवै सङ्गठनका अध्यक्षले नेतृत्व नछाडेपछि अहिलेसम्म युवक सङ्गठनको एकता हुनसकेको छैन ।

दुवै दल एकीकृत भएको करिब दुई महिना भइसकेको र अब एक महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि तयारी गरिए पनि दुवै सङ्गठनले एकार्काको अस्तित्व र नेतृत्व स्विकार्न नसकेका कारण समस्या देखिएको छ ।

पार्टी केन्द्रीय नेतृत्वले दुवै सङ्गठनबीच बढेको विवाद टुङ्गो लगाउन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन समन्वय समिति गठन गरेको छ । उक्त समितिको संयोजकमा पार्टीका नेता प्रदीप उदयलाई जिम्मेवारी दिइएको छ ।

दुवै पार्टी एकीकरण हुन अगाडि राप्रपा निकट सङ्गठनका अध्यक्ष दीपक राई हुनुहुन्थ्यो भने राप्रपा नेपाल निकट सङ्गठनका अध्यक्ष प्रकाश रिमाल हुनुहुन्थ्यो । राई अध्यक्ष भएको सङ्गठनको निर्वाचन नभएको करिब पाँच वर्ष भइसकेको र रिमालको सङ्गठनको करिब छ महिना अगाडि निर्वाचन भएको थियो ।

दुवै सङ्गठनमा विवाद चुलिएपछि त्यसलाई समन्वय गरी नयाँ सहमति गराउन गठन गरिएको समितिका संयोजक उदयले यही माघको तेस्रो साताभित्र सहमतिमा दुवै सङ्गठनलाई एकीकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टी निकट अधिकांश सङ्गठनको अधिवेशन सम्पन्न भइसकेको नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।

आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा राप्रपाको महाअधिवेशन हुँदैछ ।

तपाईको प्रतिक्रिया