Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबिना पहाड र पहाडबिना मधेसको कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।

मुस्लिम मुक्ति मोर्चाद्वारा आयोजित ‘धर्मनिरपेक्षता र मुस्लिम मुद्दा’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई यहाँ आज सम्बोधन गर्दै उहाँले आफूले सिङ्गो नेपाल र नेपालमा रहेका नेपाली जनतालाई एकताबद्ध बनाउन पहल गरिरहेको बताउँदै तर केही परिवर्तन विरोधीलाई त्यो मन परेको छैन भन्नुभयो ।

प्रधानमन्त्रीले संविधान संशोधनमार्फत मुस्लिमलगायत उत्पीडित समुदायलाई थप अधिकार प्रदान गर्न खोजिएको प्रस्ट पार्नुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले संविधानमा उत्पीडितका पक्षमा भएका राम्रा कुराको रक्षा तथा कार्यान्वयन र अपुग कुरा पूरा गर्न एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । परिवर्तनका लागि मुस्लिम समुदायले दिएको योगदान आफूले नबिर्सेको बताउँदै प्रधानमन्त्रीले संविधानमा मुस्लिमका अधिकार सुनिश्चित हुने कुरामा ढुक्क रहन आग्रह गर्नुभयो । प्रधानमन्त्रीले सो अवसरमा मुस्लिम समुदायबाट एक मन्त्री र एक राजदूत बनाइने घोषणा गर्दै संविधान कार्यान्वयनमा सहयोग गर्न मुस्लिम समुदायलाई आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका नेता मातृका यादवले जबसम्म सबै उत्पीडित एक ठाउँमा आउँदैनन्, तबसम्म अधिकार प्राप्त हुँदैन भन्नुभयो । सो अवसरमा राष्ट्रिय मदरसा सङ्घ र मदरसा इस्लामी सङ्घले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मदरसा शिक्षालाई राष्ट्रिय शिक्षाको मान्यता दिनुपर्ने र विद्यालयदेखि उच्च तहसम्म मुस्लिमका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने तथा मदरसालाई छुट्टै शिक्षा ऐनका रूपमा ल्याउनुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया