Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

बाजुरा – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले आज साँफे–मार्तडी सडकखण्डको अनुगमन गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज सदरमुकाम मार्तडीमा आयोजना गरिएको कार्यक्रममा सचिव तामाङले सडक निर्माण कार्य तीव्र रुपमा अगाडी बढाउन डिभिजन कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो । सडक निर्माण कार्य छिटो छरितो गर्नेलाई मन्त्रालयले पुरस्कार दिने तथा काममा ढिलाइ गर्नेलाई दण्ड दिने व्यवस्था मन्त्रालयले गरेको सचिव तामाङको भनाइ थियो ।

मन्त्रालयका महानिर्देशक देवेन्द्र कार्कीले तिपडादेखि मार्तडीसम्मको सडकको अवस्था राम्रो नभएको बताउनुभयो । अहिले निर्माणको जिम्मेवारी लिएको कम्पनीको काम चित्तबुझ्दो नभएको उहाँको भनाइ थियो । सडक निर्माण कार्यको जिल्लाका सरोकारवाला निकायले पटक पटक अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

डिभिजन प्रमुख दीपेन्द्र पाण्डेले बूढीगङ्गा नदी र रापकको वीरेखोलामा पक्की पुलका लागि ठेक्का भइसकेको र तत्काल निर्माण कार्य अगाडी बढाउने जानकारी दिनुभयो । साँफे–मार्तडी सडक निर्माणको सुरुवात २०५१ सालमा भएको हो । उक्त सडकखण्डमा गत असोजदेखि यातायात सञ्चालनमा आएको छ ।

तपाईको प्रतिक्रिया