Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन तस्करीमा पछिल्लो समय गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएनुभएको छ । रिपोटर्स क्लबको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वंयम गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाठ यो काम हुनै सक्दैन् ।’

नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माँग गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउनको लागि पनि सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ, अहिले गृहमन्त्रालयमार्फत भैरहेको छानविन नाटकमात्रै हो, यसले केही काम गर्न सक्दैन् ।’

त्यस्तै उहाँले संविधान संशोधन विद्येयक कुनै हालतपनि पनि पारित नहुने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो ‘स्वतन्त्र सांसदहरुसहित कांग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदापनि यो प्रस्ताव पास हुन सम्भव छैन् ।’ यद्धपी उनले कमल थापा नेतृत्वको राप्रपाभित्रपनि राष्ट्र र राष्ट्रियताको पक्षमा ठूलो विवाद रहेको रहेको समेत स्पष्ट पार्नुभयो ।

त्यस्तै अहिलेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अबको १० वर्षभित्र एमालेमुक्त नेपाल बनाउने भनेर भाषणा ठोकेको आरोप लगाउँदै उहाँले भन्नुभयो ‘गृहमन्त्री नेपालको हुनुहुन्छ कि नेपालको लागि बाहिरको राजदूत हुनुहुन्छ ?’ निधिले एमालेमुक्त नेपाल बनाउँछु भनेर सपना देखिरहेको समेत उनले टिप्पणी गरे ।

महासेठले अघि थप्नुभयो ‘भारत त एमालेमुक्त छैन, अनि नेपाल कसरी एमालेमुक्त हुन्छ ? भारतको प्रत्येक राज्यमा एमालेको जनवर्गीय संगठन छ ।’

तपाईको प्रतिक्रिया