Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

राजविराज – नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले ६ महिनामा विद्युत चोरी गर्ने ६ सय ९८ व्यक्तिलाई कारबाही गरेको छ ।

चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुतको पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले बताउनुभयो ।

केन्द्रका प्रमुख साहका अनुसार आव २०७३/०७४ को साउनदेखि हालसम्म विद्युत चोरी गर्ने ६ सय ९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐन बमोजिम कारबाही गरिएको बताउनुभएको छ ।

तीमध्ये ३ सय ८३ जना हुकिङ गर्ने मानिसलाई पाँच हजार जरिवाना र दुई सय ३४ वटा सामान जफत गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, तीमध्ये मिटरबाट सिधै विद्युत चुहावट गर्ने ८१ जनालाई समेत कारबाही गरिएको बताइएको छ । यता विद्युत चुहावटको कारबाहीबाट ४६ लाख १६ हजार ६ सय राजस्व संकलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ ।

यसैबिच, विद्युत्को महसुल तिर्न बाँकी बक्यौता भएकाको लाइन काट्ने कार्य जारी राख्दै जिल्लामा भइरहेको व्यापक विद्युत चुहावट नियन्त्रणका लागि समेत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई जारी नै राखेको प्रमुख साहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया