Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाण्डाै-गौतम बौद्धले बुद्धत्व प्राप्त गरेको पवित्र तीर्थस्थल  बोधगयामा ३४ औं कालचक्र पूजाको अवसरमा हिमालयन ईन्टरनेशनल ट्रेडिसनल आर्ट (हिटा) र फूर्व ईन्टरनेशनल आर्टको दोस्रो संस्करणात्मक सांगीतिक ईभेन्ट तासी दिलिख कन्सर्ट यहि जनवरी ६ देखि १० मा सम्पन्न भयो ।

तिब्बतीयन बौद्ध धर्मगुरु दलाई लामाको लामो प्रवचन समेत रहेको यस कार्यक्रममा चर्चित गायक, गायिका, मोडल तथा विश्वप्रसिद्ध कलाकारहरुको उपस्थिति भएको थियो । यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा हलिउड स्टार रिचर्ड गेरलाई निम्त्याईएको थियो भने संसार भर रहेका अन्य तिब्तीयन कलाकारहरुको पनि ठूलो जमघट रहेको थियो । नेपालबाट एक मात्र  सांगीतिक टोलीको रुपमा नमस्ते ब्याण्डले आफ्नो बेजोडको प्रस्तुति दिएको थियो । शान्ति-शान्ति सबैलाई शान्ति बोलको गीत गाउँदै मञ्चमा प्रवेश गरेका नमस्ते व्याण्डका संस्थापक तथा गायक ईश्वर गुरुङ्गले आधा दर्जन गीत गाएका थिए । शान्ति, एकता, माया र सद्भावका सन्देशहरु दिने गीत गाउँदै गुरूङले अन्त्यमा जाउँ हौं पोखरा…. बोलको गित गाउँदै नेपाल घुम्न जान अनुरोध गरेका थिए ।

संसार भरीवाट ६० लाख तीर्थालु दर्शनार्थीले प्रत्यक्ष अवलकन गरेका कालचक्र पूजा भारतको विहारमा उच्च सुरक्षाका बिच शान्तिपूर्ण  ढङ्गवाट सम्पन्न भयो । तिब्तीयन समाज, संस्कार, संस्कृतिको झल्को दिने यस कार्यक्रमको उद्घोषिका मिस तिब्बत पेमा छोईदोन र लोबसाङ्ग बानचुकले गरेका थिए भने कार्यक्रमको अध्यक्षता तथा संयोजन हिटा ग्रुपका अध्यक्ष तेन्जीङ्ग सुमेजुले गरेका थिए । यस क्षेत्र तिब्तीयन शरणार्थीहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो ।***



 

तपाईको प्रतिक्रिया