Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

पेटसम्बन्धी समस्या भएपछि विहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका डा यादवको इन्डोस्कोपीलगायतको स्वास्थ्य परीक्षण आज गरिएको उहाँका छोरा चन्द्रमोहन यादवले जानकारी दिनुभयो ।

विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ । अस्पतालमा भर्ना हुनु अगाडि पूर्वराष्ट्रपति डा यादवलाई पेटमा समस्या भएको थियो ।

उहाँको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । चिकित्सकले केही दिन आराम गर्नका लागि सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया