Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

बाँके– बाँकेको नेपालगन्जका राजेन्द्र खटिकले श्रीमतीलाई आगो लगाएका छन् । बिहीबार बेलुका खाना खाने बेलामा विवाद भएपछि राजेन्द्रले टुकी बत्तिले हान्दा श्रीमती सुनिता जलेको प्रहरीले बताएको छ ।

शरीर पुरै जलेकी सुनिताको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शरीरमा आगो लागेपछि सुनिता चिच्याउँदा छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरेपछि उद्धार गरिएको हो । श्रीमतीलाई आगो लगाएर  भागेका राजेन्द्रको खोजी भइरहेको प्रहरीले जनाएको छ । २३ वर्षकी सुनिताकी डेढ वर्षकी छोरी छन् ।

तपाईको प्रतिक्रिया