Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन आजदेखि सुरु भएको छ ।

देशभर सुरु भएको सो महाधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ । वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै दिनमा क्षेत्रीय अधिवेशन तथा माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको छ ।

आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वडा, गाउँ, नगर, क्षेत्र तथा जिल्ला अधिवेशनबाट प्रतिनिधि छनौट गरिनेछ ।

पार्टीका नेता देवेन्द्र प्रधानका अनुसार देशभर साधरण सदस्यता वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनौटका लागि प्रक्रिया सुरु भइसकेको छ । फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनौट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ ।

राप्रपा तथा राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलो पटक हुन लागेको उक्त महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ ।

सो समितिलाई सहयोग गर्नका लागि विभिन्न १२ उपसमिति गठन भई तयारीका लागि विभिन्न चरणका कार्य सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया