Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – व्यवस्थापिका संसदको बैठक शुक्रबार बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिएपनि नहुने भएको छ ।

बोनस पाँचौं संशोधन विधेयक प्रस्तुत र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन मात्रै कार्यसूचिमा राखिने संसद सचिवालयले जनाएको छ । संविधान संशोधनको विषयमा दलहरुबिच सहमति जुटोस् भनेर संसद बैठक एक हप्तासम्मको लागि स्थगित गरिएको थियो । तर यस बिचमा दलहरुको छलफल समेत हुन सकेन । सत्तारुढ दल पहिले संशोधन विधेयक अगाडि बढाउनुपर्ने पक्षमा छन् भने विपक्षी दलले निर्वाचनसम्बन्धी विधेयकलाई जोड दिएका छन् ।

सत्तारुढ दल संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुर्‍याउने रणनीतिमा छन् । साना दललाई फकाउने प्रयास स्वरुप प्रधानमन्त्रीले बिहीबार मात्रै संसदमा एकएक सिट भएका प्रेमबहादुर सिंह र कुमार खड्कालाई सरकारमा सहभागी गराउनुभएको छ ।

राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याएर विधेयकको पक्षमा उभ्याउने प्रधानमन्त्रीले प्रयास गरिरहनुभएको छ । विपक्षी दल पनि आफ्नो पक्षमा रहेको मत जोगाउन लागेका छन् । संशोधनको विपक्षमा रहेका एमाले सहितका नौ दलसँग २०१ सांसद छन् ।

तपाईको प्रतिक्रिया