Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – भोलिदेखि ह्वाइटहाउसबाट बाहिरिंदै गर्नुभएका अमेरिकी राष्ट्रपति बराक ओबामाले रुसमाथि लगाइएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सल्लाह दिनुभएको छ । 

जबसम्म रुसले आफ्ना काममा सुधार गर्दैन तबसम्म उसमाथिको प्रतिबन्ध हटाउन नहुने उहाँले प्रष्ट पार्नुभयो । यूक्रेनको सम्प्रभुतामाथिको अतिक्रमण जस्ता अक्षम्य काम रुसबाट भएको ओबामाको भनाइ छ । ओबामाले आफू नागरिक स्वतन्त्रताको पक्षमा सधै आवाज उठाइरहने पनि बताउनुभयो ।

भोलि (शुक्रवार) जनवरी २० का दिन ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । जहां ५० जना सिनेटरले शपथ समारोह बहिष्कार गर्ने निर्णय गरेका छन् ।

ट्रम्पको अभिव्यक्ति र कार्यशैलीप्रति विरोध जनाउँदै डेमोक्रेट सिनेटरहरुले शपथ समारोह बहिष्कार गर्ने घोषणा गर्नुभएको हो । –एजेन्सी

तपाईको प्रतिक्रिया