Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंस्थित हायात होटलमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्दैहुनुहुन्छ ।

सम्मेलनमा सहभागी हुन ५५ देशका प्रहरी प्रमुख काठमाडौं आइसकेका छन् । सम्मेलनमा नेपालले तीनवटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । मानव तस्करी सम्बन्धी विषयमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै चोरी शिकारी सम्बन्धी विषयमा डीआइजी नवराज सिलवालले कार्यपत्र प्रस्तुत गर्दैहुनुहुन्छ, भने आतंकवादसम्बन्धी डीआइजी बमबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सन् १९८९ मा नेपालले पहिलो पटक भएको इन्टरपोलको १० औं क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया