Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – चन्द्रमामा पुग्ने अन्तिम अन्तरिक्ष यात्री युजिन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ । सर्नन त्यस्ता तीन अन्तरिक्ष यात्रीमध्येका एक हुन्, जो दुईपल्ट चन्द्रमामा पुगेका थिए ।

एपोलो–१७ का मिसन कमान्डर समेत रहेका सर्नन १९७२ को यात्रामा चन्द्रमाको जमिन छाड्ने अन्तिम व्यक्ति थिए । अमेरिकाद्वारा प्रक्षेपित अन्तरिक्ष यान एपोलो–१७ लाई ‘कमान्ड’ गर्दै उनी ११ डिसेम्बर १९७२ मा चन्द्रमामा उत्रिएका थिए । फर्कने क्रममा सर्ननले अन्तिम पाइला उचालेयता चन्द्रमामा अर्को व्यक्तिले अहिलेसम्म पाइला टेकेको छैन ।

तीन पटक अन्तरिक्ष यात्राका क्रममा दुई पटक चन्द्रयात्री बनेका सर्ननले ५ सय ६६ घण्टा १५ मिनेट अन्तरिक्षमा बिताएका छन्, जसमध्ये ७३ घण्टाभन्दा बढी समय चन्द्रमामा रहेको रेकर्ड छ । १९७२ को एपोलो मिसन–१७ अघि नै सन् १९६६ र १९६९ मा गरेर दुईपल्ट अन्तरिक्षमा पुगिसकेका सर्नन नासाद्वारा १९६३ मा अन्तरिक्ष यात्रीका लागि छानिएका थिए ।

उनले चन्द्रयात्रामा भोगेका दुस्खकष्ट र आर्जित अनुभवसहित धेरै रोमाञ्चक घटनालाई समेटेर बनाइएको डकुमेन्ट्री ‘दि लास्ट म्यान अन दि मुन’ २०१६ मा रिलिज भएको थियो । उनले १९९९ मा आत्मवृत्तान्त ‘दि लास्ट म्यान अन दि मुन’ लेखेका थिए ।

तपाईको प्रतिक्रिया