Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अबको निर्वाचनमा सबै राजनीतिक दल मिले पनि एमाले अगाडि हुने दाबी गर्नुभएको छ ।

अनेरास्ववियुद्वारा आजदेखि सञ्चालित ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियान–२०७३’ को उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका गौतमले सरकारभन्दा पनि निर्वाचनमा एमालेको जोड रहेको बताउनुभयो । संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गराउने भनेर सत्तारुढ दलले फकाउने प्रयास गरिरहेको उहाँको आरोप थियो ।

उहाँले भन्नुभयो ,‘तर हामी प्रधानमन्त्री र सरकारको लोभमा नपरी देशलाई विखण्डन हुने कुनै पनि विधेयक पारित गराउन दिने छैनौँ ।’

तपाईको प्रतिक्रिया