Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – अस्ट्रियाका कलाकार फेड्रिक ग्रिफ ले सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकम नेपालका भूकम्पपीडितलाई सहयोग गर्नुभएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतविक्षत बनेको नेपालमा फ्रिजी लाइट भेरेन संस्थामार्फत आफ्नो कलाकारिताबाट उठेको रकम नेपालका भूकम्पपीडितलाई सहयोग गरिएको हो ।

ग्रिफले आज पत्रकार सम्मेलन गरी नेपालको समस्यामा केही भए पनि सहयोग पुग्ने उद्देश्यका साथ आफूले सहयोग गरेको बताउनुभयो । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, रामेछाप दोलखा । सोलुखुम्बुका विभिन्न स्थानमा १८ शेर्पाको सहयोगमा सात दिन पैदल हिँडेर खाद्यान्न र लत्ताकपडा वितरण गरिएको थियो ।

उहाँले भन्नुभयो – “म कलाकार हुँ, कलाकारिताबाट आर्जन गरेको रकम विभिन्न देशका गरिब–दुःखीको सेवामा खर्चेको छु, नेपालमा पनि भूकम्प आएको थाहा पाउनासाथ सहयोगका लागि आएको हुँ ।”

ग्रिफले सन् २०१६ मा रु २० लाख बराबरको सहयोग गर्नुभएकामा सन् २०१७ मा रु ४० लाखको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सो संस्थाले बुधबारदेखि सोलुखुम्बुमा १५० घरधुरीलाई स्लिपिङ ब्याग र ज्याकेट वितरण गर्दैछ भने माघ १५ गते सिन्धुपाल्चोकको माङ्खा गाविसमा निर्मित पञ्चकन्या आधारभूत विद्यालयको भवन हस्तान्तरण गर्दैछ ।

तपाईको प्रतिक्रिया