Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ ।

काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा सोमबार राति धादिङ खैरेनी–९ का ४५ वर्षका माधवप्रसाद अधिकारी र धादिङ खान्ने–५ का २५ वर्षका सन्तोष जम्मरकट्टेलको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रमा सेन्टरमा अन्य १७ जना घाइतेको उपचार भइरहेको छ ।

यस्तै दुई जना घाइतेको धादिङमा नै उपचार भइरहेको छ भने ३ जना उपचार पछि घर फर्किएका छन् । सोमबार बेलुका सरदमुकाम धादिङबेसीबाट खाल्टे गाविसको फ्याक्सेका लागि छुटेको बा ३ ख ८२६३ नम्बरको बस दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया