Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते काँग्रेसलाई विधि विधान र पद्धतिमा डोर्होयाउने बताएका थिए । 

उनले रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति जित्न पनि सफल भए । औपचारिक रुपमा काँग्रेसको नेतृत्व संहालेको १० महिना वितिसकेको छ, तर तिनै देउवाले पार्टीको बिधानले बाँधेका थुप्रै काम पूरा गर्न सकेका छैनन् ।

१० महिने कार्यकालमा उनले भातृ संगठनको महाधिवेशन गरे, बाम गठबन्धन तोड्न सफल भए भने संसदीय दल र कार्यसमितिको निर्वाचन गराउन सफल भए ।  तर उनी चार चरणमा १२ सदस्य मनोनयन गर्न असफल भए । त्यसमध्ये ३ जना मनोनित गरेपनि ९ जना अझै बाँकी छ ।

बिधान अनुसार २ महिनामा गठन हुनुपर्ने बिभाग अलपत्र परेको छ भने उपसभापति र महामन्त्रीको मनोनयन अझै हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया